माधव नेपालले एमाले छोडेपछि पोखरेलले दिए यस्तो प्रतिक्रिया
काठमाडौं । एमाले छाडेर माधवकुमार नेपालले नयाँ दल दर्ता गरेसँगै यतिबेला विभिन्न कोणबाट त्यसको समिक्षा भइरहेको छ । यसैक्रममा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टीको तीन कार्यकाल सम्हालेका नेपालले एमाले छोड्नु दुखद रहेको बताए । पार्टी एकताका लागि गठित कार्यदलको बनाएको १० बुँदे सहमतीको बाटोबाट अघि बढ्न प्रतिवद्ध रहेको बताए ।
सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्–‘झण्डै तीन कार्यकाल पार्टीको नेतृत्व गर्नुभएका माधव कमरेडले सहमतीको वाटो छोडेर नयाँ पार्टी खोल्नु दुःखद पक्ष हो । कार्यदलले तयार गरेको १० वुँदे सहमतीको वाटोवाट अघि वढ्न पार्टी प्रतिवद्ध छ । ’पार्टीलाई कमजोर पार्ने षडयन्त्रकाविरुद्ध नेता कार्यकर्ताहरु विचलित नभइकन अघि बढ्नु पार्टी पंक्तिको कर्तव्य रहेका बताए ।
विचार र सिद्धान्तबाट पार्टीको संगठनात्मक सुदृढिकरण बनाउन आग्रह गर्दै पुनस् एमालेलाई मुलुकको पहिलो पार्टी बनाउन लाग्नुपर्नेमा जोड दिएका छन् ।