एमाले समाजवादीमा केन्द्रीय सदस्य बनेका सांसदहरु (सुचीसहित)
काठमाडौं । नेकपा एमाले (समाजवादी) मा सहभागी सबै सांसदहरु केन्द्रीय सदस्य बनाइएका छैनन् । ३१ सांसदको हस्ताक्षर बुझाइएकोमा सबैलाई केन्द्रीय सदस्य नबनाएर माधवकुमार नेपालले रणनीतिक चार्तुयता देखाएका छन् ।
एमालेको सुर्य चिन्ह लिएर चुनाव जितेका र समानुपातिकतर्फका सांसदहरुमध्येबाट छानेर एमाले समाजवादीमा केन्द्रीय सदस्य बनाइएका हुन् । सबैलाई केन्द्रीय सदस्य नबनाई नाम गोप्य राखिएको बुझिएको छ । कुल सांसदमध्ये १२ जनालाई मात्र केन्द्रीय समितिमा राखिएको छ ।
केन्द्रीय सदस्य बनाइएका सांसदहरु
मेटमणि चौधरी
रामकुमारी झाँक्री
सरलाकुमारी यादव
कल्याणीकुमारी खड्का
निरादेवी जैरु
प्रेमबहादुर आले
माधवकुमार नेपाल
झलनाथ खनाल
मुकुन्द न्यौपाने
डा. बेदुराम भुसाल
जीवनराम श्रेष्ठ
विरोध खतिवडा