८ मंसिर २०८१, शनिबार

नयाँ दल दर्ताका लागि महन्थ पक्ष निर्वाचन आयोगमा



काठमाडौं । जसपाको महन्थ ठाकुर पक्षले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी राजनीति दलसम्बन्धी अध्यादेश जारी गरेसँगै ठाकुर पक्ष नयाँ दल दर्ताको लागि निर्वाचन आयोग पुगेको हो ।

नयाँ दल दर्ताको लागि आज बसेको महन्थ पक्षको बैठकले जसपा लोकतान्त्रिक पार्टीको नाम र साइकल चुनाव चिन्ह प्रस्ताव गरिएको थियो । साथै पार्टीका एकल अध्यक्षमा महन्थ नै चयन हुने बताइएको छ । त्यस्तै राजेन्द्र महतो नयाँ पार्टीमा वरिष्ठ नेता बन्ने पक्कापक्की भएको जसपा स्रोतको दाबी रहेको छ ।



प्रतिक्रिया दिनुहोस !