३ मंसिर २०८१, सोमबार

राष्ट्रपतिले गरिन् दल विभाजनसम्बन्धी अध्यादेश जारी



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुास र राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी हुन् ।

मंगलवार सरकार राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुर्याउनु पर्ने व्यवस्थालाई परिवर्तन गरी संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत भए पुग्ने व्यवस्थासहित अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !