सरकारले ल्याएको अध्यादेश बारे नेता थापाले दिए यस्तो प्रतिक्रिया
काठमाडौं । अहिले नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकारले ल्याएको अध्यादेशको विरोध गरेका छन् । उनले संसद् अधिवेशन हठात् अन्त्य गरेर अध्यादेश ल्याउनु जसले गरे पनि गलत नै भएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “संसद् अधिवेशन हठात् अन्त्य गरेर संसद् छल्दै अध्यादेश ल्याउनु गलत ! हिजो गलत, आज गलत, सधैँ गलत, जसले गरे पनि गलत ! हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन ।