घिसिङको पुनर्नियुक्तिविरुद्ध सर्वोच्चमा दिइएको मुद्दाको सुनवाइ आज हुँदै
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङको पुनर्नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दिइएको मुद्दाको सुनवाइका लागि (बुधबार) पेसी तोकिएको छ ।आफूलाई हटाई घिसिङलाई नियुक्त गरिएको भन्दै हितेन्द्रदेव शाक्यले दायर गरेको रिट निवेदनको पेसी बुधवारका लागि तोकिएको हो । आफू ४ वर्षका लागि नियुक्त भएकोमा सररकारले गैरकाननुनी रूपमा बीचमै हटाएको दाबी उनको छ ।
यसर्थ घिसिङको नियुक्ति खारेजी गरी पुनः आफूलाई नै प्राधिकरणको कार्यकारी निर्देशक कायम गर्न शाक्यले रिट निवेदनमार्फत माग गरेका छन् ।