३ मंसिर २०८१, सोमबार

माधव नेपाल पक्षमा कती जना केन्द्रिय सदस्य सहभागी छन् ?



काठमाडौं। नेकपा एमालेको माधवकुमार नेपाल पक्षले केन्द्रीय सदस्य बढीभन्दा बढी तान्ने अभियान नै चलाएको छ । उक्त पक्षका माधवकुमार नेपाल र बामदेव गौतम स्वयं सक्रिय भई अभियान चलाएका हुन् ।

माधव नेपाल पक्षले नवौं महाधिवेशनबाट निर्वाचित २०३ मध्ये ८० जनालाई आफ्नो पक्षमा पारिसकेको दाबी गरेको छ । माधव नेपाल पक्षका एक नेताले रिपोर्टर्स नेपाललाई बताए अनुसार ८० जनाको हस्ताक्षर संकलन भइसकेको छ । हिजोसम्म ७० जना केन्द्रीय सदस्य पक्षमा रहेकोमा आज विहानसम्म १० जना थपिएको ती नेताले बताए ।

आफ्नो पक्षका केन्द्रीय सदस्य बाहेकसँग नेपाल पक्षका नेताहरुले सम्पर्क बनाइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !