८ मंसिर २०८१, शनिबार

कुलमानविरुद्ध हितेन्द्रले दायर गरे सर्वोच्चमा मुद्दा



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुलमान घिसिङविरुद्ध सर्वोच्चमा मुद्दा परेको छ ।

सोमबार प्राधिकरणका निवर्तमान प्रमुख हितेन्द्रदेव शाक्यले घिसिङलाई हटाई आफूलाई पुनः नियुक्ती गर्न माग गरेका छन् ।

शाक्यले आफूले पदबाट राजीनामा नदिएको समेत बताउँदै घिसिङलाई हटाउन मागसहित मुद्दा दायर गरेको अधिवक्ता कीर्तिथान शर्मा पौडेलले जानकारी दिए ।सरकारले कुलमानलाई दोस्रो पटकका लागि विद्युत प्राधिकरणको नियुक्त गरेको थियो । भने शाक्यलाई उर्जा मन्त्रालय अन्तर्गतको उर्जा विभागमा सहसचिव सरहको सुविधा दिएर सरुवा गरिएको हो ।



प्रतिक्रिया दिनुहोस !