१० मंसिर २०८१, सोमबार

अफगानिस्तानमा रहेका नेपालीलाई यथाशीघ्र उद्दार गर्न सभामुखको निर्देशन



काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले अफगानिस्तानमा विकसित घटनाक्रमका विषयमा प्रतिनिधि सभा र आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले अफगानिस्तानमा रहेका नेपाली नागरिकहरुप्रति चिन्ता ब्यक्त गरेपछि सभामुख सापकोटाले अफगानिस्तानमा रहेका नेपालीहरुलाई यथाशिघ्र ल्याउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका हुन् ।

उनले त्यहाँ रहेका नेपालीहरुलाई सुरक्षिति रहने व्यवस्था गर्न, सकुशल उद्धार गर्न तथा उनीहरुको यथार्थ जानकारी गराउन सरकारलाई निर्देशन दिए ।



प्रतिक्रिया दिनुहोस !