७ मंसिर २०८१, शुक्रबार

पाल्पामा जीप दुर्घटना हुँदा ११ जना घाइते



पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । काठमाडौँबाट आएको लु १ ज २९९२ जीप बिहान तानसेन नगरपालिका वार्ड ७ सालघारीमा दुर्घटना हुँदा ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइते हुनेमा तानसेन नगरपालिका वार्ड ७ का २९ वर्षीय नरबहादुर कुमाल, सोही ठाउँमा २८ वर्षीय विक्रम गैरे, ४३ वर्षीय प्रेमबहादुर बाकवाल, ३२ वर्षका हुमबहादुर सारु, ३३ वर्षका विक्रम नेपाली, २९ वर्षका अनुज पल्ली, ३० वर्षका सोमबहादुर न्यौपाने , २८ वर्षका योगेश सारु, ३३ वर्षका पवनकुमार ग्राह, ३५ वर्षका सन्तोष गैरे रहेका छन् । यस्तै तानसेन नगरपालिका वार्ड ६ का ३३ बर्षीय चालक सोम राना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !