२६ बैशाख २०८१, बुधबार

आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा बुवा पक्राउ



 

तनहुँ । पटक-पटक आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा बुवा पक्राउ परेका छन् ।

तनहुँमा २० वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भानु नगरपालिका–६ टुहुरे पसल बस्ने ६२ वर्षीय पुरुषलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

ती पुरुषले आफ्नै छोरीलाई ४-५ महिनादेखि पटक–पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चन्द्रावतीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !