१० मंसिर २०८१, सोमबार

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २१२ जनामा कोरोना संक्रमण, ३३ को मृत्यु



 

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ८८ जनाको पीसीआर परीक्षणमा १ हजार ७९३ र ४ हजार १८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४१९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। त्यस्तै मुलुकका विभिन्न अस्पतालबाट १ हजार ८६७ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !