३ मंसिर २०८१, सोमबार

सेयर बजारमा नयाँ रेकर्ड : एकैदिन २१ अर्बभन्दा माथिको कारोबार



काठमाडौं । सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार रकम २१ अर्ब नघेर नयाँ रेकर्ड कायम भएको हो । आइतबार एकैदिन २१ अर्ब ६४ करोड ७६ लाख ६ सय ५५ रुपैयाँको सेयर कारोबार भएको छ ।

यसअघि अघि १९ अर्ब ५० करोडसम्म पुगेको कारोबार निषेधाज्ञा केही खुकुलो भएसँगै घटेको थियो । मौद्रिक नीति घोषणा भएसँगै साताको पहिलो कारोबार दिन त्यो रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम भएको हो । कारोबार रकम बढे पनि नेप्से परिसूचक भने घटेको छ ।

मौद्रिक नीतिले सेयर धितोमा जाने ऋणको सीमा अधिकतम १२ करोड तोकिदिएको छ भने सेयर मूल्यांकनको ७० प्रतिशतसम्म ऋण पाउन सकिने विद्यमान व्यवस्थालाई निरन्तरता दिएको छ । मौद्रिक नीतिपछिको पहिलो कारोबार आइतबार नेप्से परिसूचक भने २४.८८ अंकले टेको छ ।

आइतबार माइक्रोफाइनान्स र उत्पादनमूलक कम्पनीहरु रहेको समूहगत सबइन्डेक्स बढेर हरियो देखिएको छ भने बाँकी सबै घटेका छन् । नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने उत्साह देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !