माओवादी बैठक : एमसीसी सम्बन्धित भयो यस्तो निर्णय
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको पूर्ण बैठकमा एमसीसीदेखि पार्टीको संरचनाप्रति नेताहरुले असन्तुष्टि जनाएका छन् ।
बैठकमा सहभागी केन्द्रीय सदस्य तथा सांसद सुदन किराँतीले पार्टीको संरचना संघीयस्वरूपमा जान नसकेको भन्दै असन्तुष्टी जनाएका हुन् ।
त्यस्तै बैठकमा सहभागी नेताहरुले अमेरिकी सहयोग मिलेनियम (च्यालेञ्ज कर्पोरेसन) एमसीसी राष्ट्रघाती भएको बताएका छन् ।
माओवादी अध्यक्ष प्रचण्डले शनिबार प्रस्तुत गरेको राजनीतिक र संगठनात्मक प्रस्तावमा एमसीसीबारे स्पष्ट नभएको भन्दै यसबारे स्पष्ट पार्न समेत नेताहरूले माग गरे। विभिन्न प्रदेशबाट समूहगत छलफलमा सहभागी नेताहरूले एमसीसीबारे पार्टीको धारणा स्पष्ट रूपमा दस्तावेजमा आउनुपर्ने माग गरे । प्रचण्डको प्रतिवेदनमाथि छलफलमा भाग लिँदै केन्द्रीय नेताहरूले एमसीसीबारे थप व्याख्या हुनुपर्ने माग गरेका हुन् ।