३० बैशाख २०८१, आईतवार

सडक कालोपत्र नहुँदा सास्ती : बर्खामा हिलाम्मे, हिउँदमा धुलाम्मे



बागलुङ । बागलुङ बजारदेखि बुर्तिवाङ हुँदै निसीखोला पुग्ने राष्ट्रिय गौरवको आयोजना छ । बागलुङबाट निसी जान पहिला एक दिन लाग्थ्यो अहिले निसीसम्मै सडक कालोपत्र छ । बागलुङ बजारदेखि घोडाँबाधेसम्मको सडक कालोपत्र भएको छैन । यही सडकमा घण्टौं सवारी फस्ने, जाम हुँने र सडक अवरुद्ध हुँदै आउदा नागरिकलाई सास्ती खेप्नु परेको छ । हिउँदमा एक डेढघण्टामा पार हुँने घोडा बाधेदेखि बागलुङ बजारसम्मको २५ किलोमिटर सडक बर्खामा चार घण्टासम्म लाग्ने गरेको छ ।

सडक हिलाम्मे, खाल्टाखुल्टी हुँदा सवारी फस्ने, बिग्रने मात्र होइन दुर्घटनाकोसमेत जोखिम हुँने गरेको छ । बुर्तिवाङबाट सरर कालोपत्र सडकमा आए पनि जिल्ला सदरमुकाम नजिकै सडकको हालत देख्दा यात्रा गर्न नपरोस् भन्ने लाग्ने यात्रु सविना कुँवरले गुनासो गरे । “बागलुङको छेउमा जिल्ला सदरमुकाम छ, प्रशासनिक काम गर्न जिल्ला सदरमुकाम आउनै पर्यो” उनले भने, “कालोपत्र नुहँदा सवारी दुर्घटनाको जोखिम मोलेरै भए पनि यात्रा गर्न बाध्य छन्, यो सडक कहिले कालोपत्र होला भन्ने हामी बागलुङका पश्चिमीवासीले दिन गनेका छौं ।”

मध्यपहाडी राजमार्ग मात्रै होइन अर्को राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोर बर्खा लागेपछि अवरुद्ध नै छ । खुलेको तीन चार दिनमानै अवरुद्ध हुँने सडक सडक विभागलाई हस्तान्तरण भए पनि झनै समस्यामा परेको छ । जिल्लाको दक्षिण क्षेत्र जोड्ने करिडोर बन्द छ भने बलेवा हुँदै कुस्मिशेरा जाने सडक मालढुङ्गा पारी पटक–पटक पहिरो जाँदा निकै कष्टकर यात्रा गर्नुपर्ने यात्रुको गुनासो छ ।राससकाे सहयाेगमा



प्रतिक्रिया दिनुहोस !