८ मंसिर २०८१, शनिबार

हाइटी भूकम्प जादाँ ३०४ जनाको मृत्यु, १८ सयभन्दा बढी घाइते



 

काठमाडौं । हाइटीमा ७.२ रेक्टर स्केलको शक्तिशाली भुकम्प गएको छ । भूकम्प जादाँ कम्तीमा ३०४ जनाको मृत्यु भएको छ भने, भूकम्पपछि भत्किएका कयौँ संरचनामा परेका १८ सय जनाभन्दा बढी घाइते भएको जनाएको छ ।

घना बस्ती भएको राजधानी, मध्य पोर्ट–अउ–प्रिन्सबाट १६० किलोमिटर टाढा केन्द्रबिन्दु भएको गएको भूक्पको झट्का छिमेकी मुलुकहरूसमेत महसुस गरिएको बीबीसीले जनाएको छ ।

हाइटीका प्रधानमन्त्रीले भूकम्पका कारण गम्भीर क्षति भएको उल्लेख गर्दै एक महिनाका लागि राष्ट्रिय आपतकाल घोषणा गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !