२० युनिटसम्म खपत गर्ने ग्राहकहरुला बिजुली निःशुल्क
काठमाडौं । सरकारले मासिक २० युनिटसम्म खपत गर्ने विपन्न वर्गको ग्राहकहरुलाई निःशुल्क विद्युत दिने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले यो निर्णय गरिसकेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जानकारी दिइन् । हाल यस्तो सुविधा १० युनिटसम्म मात्रै खपत गर्नेहरूले पाइरहेका छन् ।
यसअनुसार महिनामा २० युनिट मात्रै खपत गर्ने ग्राहकले ३० रुपैयाँको डिमान्ड शुल्क मात्रै तिर्दा हुनेछ । ‘यसबाट ३ लाख ८८ हजार घर धुरीका कृषकहरूको जीवनस्तर उठाउन महत्वपुर्ण योगदान हुने भुसालले बताइन् ।