थप सक्रिय बन्दै मनसुन, अझै एक हप्ता भारी वर्षाको सम्भावना
काठमाडौं । मनसुन थप सक्रिय भए सगैं आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।
अहिले प्रदेश–१, प्रदेश–२ र वाग्मती प्रदेशका पूर्वी क्षेत्रमा पानी परिरहेको महाशाखाकाले जनाएको छ । गएको २४ घण्टामा सुदूरपश्चिमका धेरै ठाउँमा ठूलो वर्षा भएको छ । बादल बिस्तारै बढिरहेकाले देशका प्रायः सबैजसो क्षेत्रमा आज ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ । अबको एक हप्ता नै देशका धेरै ठाउँमा ठूलो पानी पर्ने अनुमान रहेको छ ।
यसले गर्दा बाढी पहरोको जोखिम भएकाले सतर्कता अपनाउन महाशाखाकाले सुझाव दिएको छ। मौसमविद्ले पहाडी क्षेत्रमा पहिरो तथा गेग्रानसहितको बाढीको जोखिम रहेकाले नदीनाला र खहरे खोला आसपासका बासिन्दालाई सावधानी अपनाउन सुझाव दिएका हुन् ।