१० मंसिर २०८१, सोमबार

ऊर्जा मन्त्रालय पुगेर कुलमानले लिए नियुक्तिपत्र



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले नियुक्ति लिएका छन् । बुधबार (आज) ऊर्जा जलस्रोत र सिँचाइ मन्त्री पम्फा भुसालको हातबाट नियुक्ति लिएका हुन् ।

ऊर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र प्रदान गरेकी हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई विद्युत प्राधिकरणमा ल्याउने निर्णय गरेको थियो । यद्यपी विभिन्न प्रक्रियाहरु पूरा गर्नुपर्ने भन्दै आज उनलाई नियुक्ति दिइएको हो । त्यसैगरी यता निर्वतमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने विशिष्ट श्रेणी (सचिव) सरह सुविधा दिएर ऊर्जा विभागमा स्थानान्तरण गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !