२७ बैशाख २०८१, बिहीबार

मध्यरातमा दुई छिमेकीबीच झगडा, एक जनाको मृत्यु



ओखलढुंगा। जिल्लाको सिद्धचरण नगरपालिका ५ चित्रेमा दुई जनाबीच आपसी विवादमा झगडा हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्य हुनेमा सोही स्थानका ४२ वर्षीय पासाङ तेन्जी शेर्पा रहेका छन् ।

सामान्य निहुँमा पासाङ र सोही स्थान बर्णालुका ६३ व र्षीय आङगुबु शेर्पाबीच झगडा भई कुटपिट भएको थियो ।

गएराति १ बजे भएको झगडामा दुवै जना गम्भीर घाइते भई सामुदायिक मिसन अस्पताल ओखलढुंगामा उपचारका लागि लगिएको थियो । सोही क्रममा पासाङको मृत्यु भएको थियो भने आङगुबु शेर्पाको सोही अस्पतालमानै उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !