३ मंसिर २०८१, सोमबार

मानुषी लघुवित्तको आईपिओ आजबाट निष्काशन



 

काठमाडौं । आजबाट सर्वसाधारणका लागि मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले साधारण सेयर (आईपिओ) निष्कासन तथा बिक्रि खुल्ला गरेको छ ।

संस्थाले निष्काशन गरेको जम्मा ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयरमध्ये चुक्ता पुँजीको ०.५ प्रतिशत अर्थात ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ । त्यस्तै बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् । लघुवित्तले कुल जारी पूँजीको ३६ प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो ।

कम्पनीको उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

 



प्रतिक्रिया दिनुहोस !