२ जेष्ठ २०८१, बुधबार

आज एकैदिन नेपालमा थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण, ३५ को मृत्यु



 

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १३ हजार २१७ जनाको पीसीआर परीक्षणमा ३ हजार १९४ र ५ हजार ९०६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार ७१० जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। आजै मुलुकका विभिन्न अस्पतालबाट २ हजार ११५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !