१० मंसिर २०८१, सोमबार

‘म झ्यालबाट होईन, मूल ढोकाबाट आउनेछु’: केपी ओली



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई धन्यवाद दिए । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा तोकेर आफूले काम गरेको उनले स्मरण गराए ।

प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले आफू असाधारण जनमतका साथ फेरि सत्तामा आउने घोषणा गरे । उनले भने,‘म झ्यालबाट होईन, मूल ढोकाबाट फेरि आउनेछु । नेपाली जनताले मेरो काम हेरेर मत दिएका हुन् ।’
उनले आफू आफ्नो उद्देश्यमा प्रष्ट रहेको र समृद्ध नेपाल र सुखी नेपालीको सपनालाई साकार पारेर नै छोड्ने पनि स्मरण गराए । उनले भने,‘त्यस गन्तव्यतर्फको यात्रामा हिँडेको, नेपाललाई समृद्ध बनाउने र नेपाली जनतालाई सुखी बनाउने उद्देश्य बोकेर हिँडेकोले सानो तिनो गालीगलौजले खासै फरक पर्दैन् । म आफ्नो उद्देश्यमा केन्द्रित छु । मेरो पार्टीले नीति, कार्यक्रम र योजना र लक्ष्य त्यसैअनुरुप तय गरेको छ ।’



प्रतिक्रिया दिनुहोस !