२५ बैशाख २०८१, मंगलवार

तिनाउ नदीमा खस्यो स्कारपियो, चार जना घाइते



बुटवल । सिदार्थ राजमार्गको बुटवल तानसेन सडक खण्डअन्तरगत सिद्धाबाबा नजिकै खसेको डुंगाले लाग्दा स्कारपियो जीप तिनाउ नदीमा खसेको छ।
तिनाउ नदीमा जीप खस्‍दा जीपमा सवार ४ जना घाइते भएका छन् । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलकाअनुसार पाल्पाको दोभानबाट बुटवल आउँदै गरेको जीप तिनाउ गाउपालिका-५ सिद्धबाबा नजिकै हेडबक्समा आइपुग्दा माथिबाट खसेको ढुंगाले लागेको थियो।

माथीबाट खसेको ढुंगाले जीपसहित यात्रुहरू खोलामा पुगेका थिए । घटनामा घाइते भएका ४ जनालाई उद्दार गरी लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । Ekagaj



प्रतिक्रिया दिनुहोस !