९ मंसिर २०८१, आईतवार

मैलुङ जलविद्युतको आईपीओ बाँडफाँट



काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट आज विहान ९ बजे भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट गरिएको कम्पनीले जानकारी दिएको छ ।

आईपीओमा आवेदन गर्ने ६८ हजार ४६८ जनाले १० कित्ता प्राप्त गरेका छन् भने ६ जनालाई ११ कित्ताका दरले शेयर परेको छ।

कम्पनीको आईपीओमा कुल २० लाख ६७ हजार ९६७ जनाले आवेदन गरेका थिए । आवेदन गरेकामध्ये २ हजार ८ सय ४३ जनाको आवेदन रद्द भएको थियो । सदर आवेदक २० लाख ६५ हजार १२४ जनामध्येबाट गोलाप्राथागरी आईपीओ बाँडफाँड गरिएको जनाएको छ।

मैलुङ्ग खोला कम्पनीले रसुवा जिल्लाको डाँडाँगाउँमा पाँच मेगावाट क्षमताको मैलुङ खोला आयोजना सञ्चालन गरिरहेको छ । उक्त आयोजनाबाट कम्पनीले २०७१ असारदेखि नै व्यावसायिक आम्दानी गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !