काठमाडौं उपत्यकाका सीडीओहरूको बैठक बस्दै, निषेधाज्ञामा थप कडाइ गरिने
काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप हुने भएको छ । आज बस्ने काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरूको बैठकले निषेधाज्ञा थप गर्नेछ । कोरोना संक्रमण बढ्दै गइरहेका बेला निषेधाज्ञामा थप कडाइ गर्ने विषयमा पनि छलफल हुने भएको छ ।
‘आज बैठक बस्दैछ, निषेधाज्ञामा कडाइ गर्ने विषयमा सल्लाह हुँदैछ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने, ‘निषेधाज्ञा कति दिन थप्ने भन्ने छलफलबाटै टुंगिन्छ ।’काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भोलि (बुधवार) राति १२ बजेदेखि सकिँदैछ ।