२५ बैशाख २०८१, मंगलवार

मोरङमा ८ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ



काठमाडौं । मोरङमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् ।
८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा केराबारी गाउँपालिका-१ पाटिगाउँ बस्ने २७ वर्षीय सूर्य कुमार राईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । राईले गत बिहीबार ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा इलाका प्रहरी कार्यालय केराबारीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस !