अविश्वास प्रस्ताव फिर्ताको माग गर्दै लुम्बिनीका एमाले सांसद सर्वोच्चमा
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै सत्ता पक्षीय सांसद सर्वोच्च अदालत पुगेका छन् । प्रदेश सभामा दर्ता अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै सत्ता पक्षीय सांसद सर्वोच्च अदालत पुगेका हुन् । सांसद लिला गिरीलगायत रिट निवेदन लिएर सर्वोच्च पुगेका हुन् ।
सरकारका प्रवक्ता बैजनाथ चौधरीले काठमाडौंमा रहेका सत्तापक्षका सांसदहरू रिट लिएर सर्वोच्च पुगेको जानकारी दिए । ‘काठमाडौंमा रहेका साथीहरू सर्वोच्च जानु भएको छ,’ उनले भने, ‘सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नपाइने भएकाले दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गरिने छ ।’