१० मंसिर २०८१, सोमबार

स्वास्थ्य सामग्रीमा अनियमितता गर्नेलाई कारबाही गर्ने सरकारको घोषणा



काठमाडौं । सत्ता गठबन्धनको कार्यदलले बुझाएको न्युनतम साझा कार्यक्रम सरकारले सार्वजनिक गरेको छ ।

सिंहदरबारमा आज प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धनका शीर्ष नेता तथा मन्त्रीहरूको उपस्थितिमा न्युनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो।

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति तथा संस्थालाई कारबाही गर्ने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै सोही बुँदालाई टेकेर सरकारले अघिल्लो सरकारका पालामा भएको भनिएको स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानबिन गर्ने घोषणा गरेको छ ।

सोमबार सरकारको न्यूनतम साझा कार्यक्रम घोषणा गर्दै सरकारी कार्यदलका संयोजक पूर्णबहादुर खड्काले स्वास्थ्य सामग्रीमा भएको अनियमितताबारे छानबिन गर्ने घोषणा गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !