३ मंसिर २०८१, सोमबार

एमालेको केन्द्रीय कमिटी बैठक स्थगित



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सरेको छ ।

आइतबार (आज) का लागि बोलाइएको बैठक सोमबार (भोलि) सम्मका लागि सारिएको एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार सोमबार तीन बजे बस्नेछ । यसैगरी आजका लागि बोलाइएको स्थायी कमिटी बैठक समेत भोलि सम्मका लागि सारिएको थियो । आज बिहान ११ बजेका लागि बोालइएको स्थायी कमिटी बैठक भोलि बिहान ११ बजेसम्मका लागि सारिएको हो ।

आगामी भदौमा एमालेको विधान अधिवेशन बोलाउने तयारी भइरहेको छ । विधान अधिवेशनको प्रस्ताव अनुमोदनका लागि बैठक बोलाइएको हो । संस्थापन पक्षले विधान अधिवेशन गर्ने तयारी गरेपनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने उक्त बैठक रोकेर सहमती गर्नुपर्नेमा जोड दिएको छ ।



प्रतिक्रिया दिनुहोस !