२० बैशाख २०८१, बिहीबार

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्



 

काठमाडौं । यस वर्षको कक्षा १० को एसईई परीक्षाको नतिजा प्रकाशित भएको छ । शनिबार दिउँसो राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गरेको हो ।

बोर्डले विद्यालयले गरेको आन्तरिक मुल्यांकनलाई नै प्रमाणिकरण गर्ने काम गरेको छ । यो वर्षको एसईई परीक्षा दिन ५ लाख १७ हजारले आवेदन दिएका थिए ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईइ परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रकाशन गर्ने भएको छ ।

बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००१ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसिएलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने व्यवस्था गरेको छ ।

यस्तै www.see.gov.np, www.neb.gov.np, www.see.ntc.net.np, www.ricell.axiata.com बाट पनि नतिजा थाहा पाउन सकिनेछ ।

 



प्रतिक्रिया दिनुहोस !