२५ बैशाख २०८१, मंगलवार

स्थगित भयो कक्षा १२ को परीक्षा



काठमाडौं । यस वर्षको कक्षा १२ को परीक्षा स्थगित भएको छ ।

आजको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार कोरोना महामारीको जोखिम बढेको भन्दै सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो । परीक्षा स्थगित भएपनि फेरि कार्यविधि बनाएर भौतिक रुपमै परीक्षा लिइने बोर्डले जनाएको छ ।

अब परीक्षा गराउँदा १५ दिन अघि सूचना प्रकाशन गरी परीक्षार्थीलाई जानकारी गराइने बोर्डले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !