कक्षा १२ को परीक्षा लिने नलिने निर्णय गर्न आज बोर्डको बैठक बस्दै
काठमाडौ । कक्षा १२ को परीक्षा के गर्ने भन्ने बिषयमा छलफल गर्न आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिसिएमसीलाई सिफारिस गरे संगै बोर्डको बैठक बस्न लागेको हो ।
कोरोना कारण रोकिएको कक्षा १२ को परीक्षा ३१ साउनदेखि शुरु गर्ने निर्णय भएको थियो । कोरोना संक्रमण बढ्दै गएपछि हिजो शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई परीक्षा स्थगन गर्न स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको छ ।
कोरोना संक्रमण फैलिँदै गरेको अहिलेको अवस्थामा सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्वीटरमार्फत जानकारी गराएका छन् ।
पछिल्लो समय कोरोनाको संक्रमण बढदै गए पछि परीक्षा हुँने वा नहुँने ठोस निर्णय नआउदाँ विद्यार्थीहरु मारमा परेका छन् ।