मुख्यमन्त्री कार्यालयमा बन्धक बनाइयो, ट्वाइलेटको चप्पल लगाएर भागेँ : विमला वली
काठमाडौं । दुई दिनअघि आफू एमालेमै रहेको भनेर विज्ञप्ति जारी गरेकी लुम्बिनी प्रदेशसभाकी सांसद विमला वली माओवादी संसदीय दलको कार्यालयमा सार्वजनिक भएकी छिन् । उनले आज आफूलाई मुख्यमन्त्री कार्यालयमा बन्धक बनाइएको बताइन् ।
उनको भनाइ अनुसार गत १५ साउनमा दाङबाट कब्जामा लिएर मुख्यमन्त्रीकार्यालयमा पु¥याइएको बताइन् ।
मुख्यमन्त्री कार्यालयबाट हिजो आफू ट्वाइलेटको चप्पल लगाएर भागेको उनले बताइन् । अहिले आफू माओवादीमै रहेको उनको भनाइ छ ।
पत्रकारसँग कुरा गर्दै वलीले भनिन्, ‘यताउता भन्ने शब्द नै गलत हो ।’‘म यतै हो, उता भएको भए यता किन आउँथे ?