आज नेप्सेमा दोहोरो अंकको वृद्धि, कति भयो कारोबार ?
काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । बुधबार १२.०५ अंकले बढेर नेप्से ३१२३.१५ विन्दुमा पुगेको छ ।
आज लगानीकर्ता भने बढी जलविद्युतमा झुम्मिएका थिए। जलविद्युत समूहको परिसूचक ५.८१ प्रतिशतले वृद्धि भएको छ । बुधबार जलविद्युत बाहेक बैंकिङ, विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन र लगानी समूहको परिसूचक हरियो देखिएको छ । अन्य समूहको परिसूचक भने घटेको छ । बुधबार कुल २२५ कम्पनीको १ लाख ४४ हजार ८ सय ८७ वटा कारोबार भएको छ । यसबाट कुल २ करोड ८८ लाख १३ हजार ८ सय ३१ कित्ता सेयर किनबेच भएको छ ।
बुधबार कुल कारोबार रकम १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ रह्यो । बुधबार एक दर्जन कम्पनीको मूल्य सर्किट स्तरमा बढेको छ । अपि पावर कम्पनी, खानीखोला जलविद्युत, दिव्येश्वरी हाइड्रोपावर, कालिका पावर, माथिल्लो तामाकोशी सहितका कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ ।