शाक्यको पत्रकार सम्मेलन : राजीनामा दिने नदिने भन्ने विषयमा दिए यस्तो प्रतिक्रिया
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई वैकल्पिक बाटो दिनुपर्ने बताएका छन् ।
सीमित पत्रकारहरूसँगको कुराकानीमा उनले भने, ‘वैकल्पिक बाटो दिए म मान्छु, यही दिनु भन्ने केही छैन ।’
विगतमा राम्रो काम गरेको अनुभव भएकाले जुनमा पठाए पनि राम्रो गर्ने उनको भनाइ छ । ‘कोरोनाको समयमा पनि प्राधिकरणले राम्रो काम गरेको छ, मेरो कारणले प्राधिकरणको बदनाम नहोस् भन्ने हो,’ उनले भने । सरकारले प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ ।