३ पुष २०८१, बुधबार

नयाँ वर्षको अवसरमा प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीलाई भोलि सम्बोधन गर्ने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष २०२१ को अवसर पारेर विदेशमा रहेका नेपालीहरुलाई भोलि सम्बोधन गर्ने भएका छन्।

वर्तमान राजनीतिक घटनाक्रमका बारेमा जानकारी गराउने र आफ्नो कदमका बारेमा स्पष्ट पार्ने योजनाका साथ नयाँ वर्ष शुभकामना आदान प्रदान कार्यक्रम राखिएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाका अनुसार विश्वका विभिन्न देशमा रहेका प्रवासी नेपाली एकता मञ्चहरुको संयोजनमा हुन लागेको कार्यक्रममा प्रधानमन्त्री ओलीले एक घण्टा जुममार्फत आफ्नो भनाइ राख्नेछन्। कार्यक्रम नेपाली समय अनुसार शुक्रबार बिहान ११ बजेर ३० मिनेटमा हुनेछ। जुममा ३६ देशका करिब ५ सय नेपाली सहभागी हुने व्यवस्था मिलाइएको बताए ।

विदेशमा रहेका नेपालीहरुलाई अहिले नेपालमा भइरहेको राजनीतिक घटनाक्रमबारे धेरै चासो भएकोले प्रधानमन्त्रीले सबैलाई प्रस्ट पार्न लागेका हुन्।



प्रतिक्रिया दिनुहोस !