सरकारमा जाने नजाने भन्ने विषयमा थापाले दिए यस्तो अभिव्यक्ति
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्रीले चाहेमा आफू सरकारमा जाने र नचाहेमा संसदमै मात्रै बस्न तयार रहेको बताएका छन् ।
आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै पूर्वमन्त्री समेत रहेका थापाले कोरोना महामारीको जोखिम बढिरहेका बेला प्रधानमन्त्रीले चाहेमा स्वास्थ्यमन्त्री बनेर का मगर्न चाहेको आसय व्यक्त गरे ।
‘प्रधानमन्त्रीले संसदमै बस पनि ठिक छ, सरकारमा आएर काम गर भने बकाइदा काम गरिनेछ । तर प्रधानमन्त्रीले फ्रि हाण्ड भएर काम गर्नुपर्छ ।’ सांसद थापाले भने ।
त्यसैगरी हाल गठबन्धनको सरकार रहेकाले आफूले नेतृत्वलाई दवाब दिने किसिमले सरकारमा सामेल हुन नचाहेको दाबी बताए ।
गठबन्धन सरकार रहेकाले माधव समूहको सरकारमा जाने नजाने भन्ने विषयमा टुंगो लागेपछि मन्त्रीमण्डलले पूर्णता पाउनेमा विश्वास व्यक्त गरे ।