८ मंसिर २०८१, शनिबार

ओलीलाई भेटनु भन्दा पहिलो नेपाल र दाहाबीच भेटवार्ता



काठमाडौँ । सरकार सञ्चालन र पछिल्ला घटनाक्रमबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ । कोटेश्वरमा दाहाल र नेपालबीच छलफल भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच मंगलबार भेटवार्ता हुने चर्चा छ । यसलाई एमाले आन्तरिक संघर्षको उत्कर्ष र एकताको महत्वपूर्ण भेटघाटका रुपमा हेरिएको छ ।

त्यसअघि दाहाल र नेपालबीच सरकार सञ्चालन, सरकारमा जाने मन्त्री, माधव नेपाल पक्षको सलंग्नता लगायतका विषयमा छलफल भएको दाहाल निकट स्रोतले जानकारी दिएको छ ।

ओलीलाई भेटनु भन्दा पहिलो नेपाल र दाहाबीच भेटवार्ता, के भयो सहमतिसत्तारुढ गठबन्धनबाट माधव नेपाल बाहिरिएपनि दाहाल उनको निवासमै पुगेर सरकार सञ्चालनबारे पटक पटक छलफल गर्ने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !