२९ बैशाख २०८१, शनिबार

सशस्त्रका ६ एसएसपी डीआईजीमा बढुवा सिफारिस (नामसहित)



काठमाडौं । सशस्त्र प्रहरीका छ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस भएका छन् ।

गृहसचिव महेश्वर न्यौपानको अध्यक्षतामा आज बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिश गरेको हो ।

बढुवाका लागि सिफारिश भएकाहरुमा एसएसपीहरु कमल गिरी, गणेशबहादुर ठाडामगर, अभिकुमार खत्री, शम्भु सुवेदी, दुर्गाप्रसाद भट्टराई र कुलबहादुर नेम्वाङ रहेका छन् ।

सशस्त्रमा सात जना डिआईजीको दरबन्दी रिक्त रहेको भए पनि हाल ६ जना मात्रै बढुवाका लागि सिफारिस भएका हुन ।

सशस्त्र प्रहरी नियमवाली–२०७२ मा डीआईजी बढुवाका लागि गृह सचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ । जसमा गृहसचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य र सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)सदस्य सचिव रहनेछन् ।



प्रतिक्रिया दिनुहोस !