विवादमा मुछिएपछि जागेश्वर गौतम प्रसूति तथा स्त्री रोग अस्पतालमा सरुवा
काठमाडौं । गत जेठ १० गते प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको जागेश्वर गौतम पछिल्लो समय लगातार विवादमा मुछिएपछि सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारी पदबाट हटाएको छ । राज्यमन्त्रिस्तरिय निर्णय गर्दै गौतमलाई स्वास्थ्य मन्त्रालयले सोमबार हटाएको हो ।
वीरको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएको दिनदेखी नै गौतम उपकरण खरिदमा सेटिङ गरेको, कर्मचारीलाई अख्तियारमा सेटिङ छ भन्दै धम्क्याउने गरेको लगायतका विषयमा विवादमा आएका मुछिएका थिए । कर्मचारीले मागका विषयमा छलफल गर्न लागेको बेला पनि उनले प्रहरी प्रशासन लगाएर स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कुटाएको आरोप पनि छ ।