सकियो एमालेका नेताहरुको बैठक, पार्टी एकता चाँडै टुँगो लगाउने निर्णय
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालले बेग्ला बेग्लै कार्यक्रम आयोजना गरिरहेको बेलामा दोस्रो तहका नेताहरु भने पार्टी एकताको लागि छलफलमा जुटेका छन् । विघटित दश सदस्यीय कार्यदलमा आवद्ध नेताहरुको आज सिंहदरबारमा बैठक बसेका थिए । उक्त बैठकले पार्टी एकताको लागि गम्भीर पहल गर्ने सहमति गरेको जनाएको छ ।
आज बसेको बेठकमा पार्टी एकता प्रकृया चाँडो टुंग्याउने तर्फ आफूहरु जुटेको माधव नेपाल समूहका नेता गोकर्ण विष्टले जानकारीदिए । उनले यसअघि कार्यदलले अघि सारेको १० बुँदे प्रतिवेदन कार्यान्वयनमा जोड दिएको पनि बताए ।