सवारी किन्न चाहने आफ्ना ग्राहाकहरुलाई महालक्ष्मी बैंकले दिने भयो सरल कर्जा
काठमाडौं। अब महालक्ष्मी विकास बैंकले सवारीसाधान किन्न चाहने आफ्ना सेवाग्राहीलाई सरल कर्जा उपलब्ध गराउने भएको छ।
एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्ससँग सहकार्य गर्दै बैंकले यस्तो कर्जा दिन लागेको जनाएको छ ।
सम्झौताअनुसार एमएडब्लू भेहिकल्सबा बैंकका ग्राहकले फोटोन ब्राण्डका गाडी खरिद गर्न महालक्ष्मी बैंकबाट ऋण लिन सक्छन्। ग्राहकले ८ वर्षसम्मका लागि लिन सक्ने ऋण गाडी किन्दा लाग्ने कुल खर्चको ८० प्रतिशतसम्म लिन पाउने जनाएको छ ।