१० मंसिर २०८१, सोमबार

कर्णाली नदीमा स्कारपियो खस्यो, दुई जना बेपत्ता



काठमाडौं । कैलालीको कर्णाली नदीमा स्कारपियो खस्दा दुई जना बेपत्ता भएका छन् ।

स्कारपियो दुर्घटनामा तीन जना बालक घाईते घएका छन् । कैलाली मोहन्याल गाउँपालिका वडा न. ०७ बाँका स्थित चिसापानी देखि सोल्टा जाने कच्ची सडक खण्डमा नम्बर नखुलेको जीप सडकमा ब्याक गर्ने क्रममा सडकबाट करीब ३ किमी उत्तरस्थित सडकखण्डबाट तीन सय मिटर तल कर्णाली नदीमा खसेको हो ।नेपालगञ्जबाट उपचार गरेर घर फर्किएका उनीहरु कुईने घुम्न जाँदै गर्दा चढेको स्कारपियो मोहन्याल गाँउपालिकाको बाँकामा सडकबाट कर्णाली नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले स्कारपियोमा पाँच जना सवार रहेकोमा तीन जना बालबालिका सडकबाट सय मिटर तल खसेको अवस्थामा पाईएको र अन्य दुई जना गाडी सहित नदीमा खसेको बताए ।

स्वारपियोमा डोटीको आर्दश गाँउपालिकाका चन्द्र जोशी,रुपी जोशी,लक्ष्मी जोशी,भुवन जोशी, र सावित्री जोशी सो स्कारपियोमा सवार रहेको जिल्ला प्रहरी कार्यालय कैलाली जानकारी दिए । स्कारपियो नदीमा खस्दा चन्द्र जोशी,रुपी जोशी वेपत्ता भएका छन् भने तीन बालबालीकाको अवस्था जटिल रहेकोले तीनै जनालाई नेपालगञ्ज लगिएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !