२५ बैशाख २०८१, मंगलवार

सात वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ



धनकुटा । धनकुटामा सात वर्षीया एक बालिका बलात्कृत भएकी छन् ।

बालिका बलात्कारको अभियोगमा पाख्रीबास नगरपालिका–३ बस्ने ७७ वर्षीय धन बहादुर विश्वकर्मा पक्राउ परेका हुन् । विश्वकर्मालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो।

ती बालिकालाई विश्वकर्माले जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पाख्रीबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !