७ मंसिर २०८१, शुक्रबार

उखु किसानहरु फेरि काठमाडौंमा



काठमाडौं । लामो समयदेखि आफ्ना मागहरु लिएर सडकमा उत्रिएका उखु किसानहरु फेरि काठमाडौं आएका छन् सम्झौताअनुसार आफूहरुले चिनी मिलबाट भुक्तानी नपाएको भन्दै फेरि प्रदर्शनका लागि काठमाडौं आएका हुन् ।आफूहरुले चिनी मिलबाट १५ करोड बढी भुक्तानी नपाएपछि सरकारलाई दबाब दिन काठमाडौंं आएको बताइएको छ ।

यसअघि गत पुसमा आफ्ना मागहरुसहित काठमाडौंमा प्रदर्शन गरेका किसानहरुले सरकारसँग सम्झौतापछि फर्किएका थिए ।२०७६ पुस १८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा किसान र चिनी मिल उद्योगीबीच भएको ४ बुँदे सम्झौता भएको थियो ।तर सो सम्झौताअनुसार आफ्ना मागहरुको सम्बोधन नभएको भन्दै उनीहरु पुनः आन्दोलनका लागि काठमाडौं आएका हुन् ।



प्रतिक्रिया दिनुहोस !