१० मंसिर २०८१, सोमबार

भखरै सकियो सत्तारुढ गठबन्धनको बैठक, मन्त्रीमण्डल विस्तार सम्बन्धि भयो यस्तो महत्त्वपूर्ण निर्णय



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद तत्काल विस्तार गर्ने समझदारी भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तापक्षका शीर्ष नेताहरुको बैठकले तत्काल मन्त्रिपरिषद विस्तार गर्ने निर्णय गरेका हुन् ।

‘आजको बैठकबाट तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएको छ । अब धेरै समय कुर्नु पर्नेछैन,’बैठक पछि सञ्चारकर्मीसँगको कुराकानीमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले भने ।

त्यसैगरी बैठकमा गठबन्धनको तर्फबाट सरकारको साझा नीति र कार्यक्रम ल्याउने बारेमा पनि छलफल भएको खड्काले बताएका छन् ।त्यसैगरी प्रदेश प्रमुख र विभिन्न निकायमा गरिने राजनीतिक नियुक्तिलाई मापदण्ड बनाएर अघि बढ्ने सहमति भएको बताइएको छ ।आज भएको सहमतिलाई मूर्तरुप दिन आजै पुनः शीर्ष नेताहरुबीच बैठक बस्ने कार्यक्रम रहेको पनि खड्काले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !