जसपा विवाद : उपेन्द्र-बाबुरामको पक्षमा कति जनाले गरे हस्ताक्षर ?
काठमाडौं । निर्वाचन आयोगले ‘हेड काउन्ट’ को आधारमा सनाखत गर्दा बाबुराम–उपेन्द्रको पक्षमा ३४ जनाले हस्ताक्षर गरेका छन् भने ठाकुर पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन् । आज निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारीकता टुंगो लगाउदै छ ।
जनता समाजवादी पार्टीमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच विवाद बढ्दै गएपछि यादवले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले विवाद निरुपणका लागि इजलास गठन गरेर सुनुवाइ गर्दै आएको थियो । उसले केन्द्रीय कार्यकारिणी समितिमा रहेका ५१ सदस्यसहित हाजिर हुन दुबै पक्षलाई आदेश गरेको थियो ।