१० मंसिर २०८१, सोमबार

यातायात व्यवसायीले सरकारलाई बुझाए साँचो



काठमाडौँ। यातायात व्यवसायीहरुले सरकारलाई सवारीसाधनको साँचो बुझाएका छन्।

सार्वजनिक यातायात केन्द्रीय महासंघको अगुवाइमा आइतबार यातायात व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सवारी साधनको साँचो बुझाएका हुन्। यसअघि उनीहरूले विभिन्न ७ बुँदे माग राखेर सरकारलाई ज्ञापन पत्र बुझाएका थिए। माग पूरा नगरे सार्वजनिक गाडी सञ्चालन गर्न नसकिने महासङ्घले चेतावनी दिएको छ ।

यातायात व्यवसायीले खोपको व्यवस्था र गाडी दुर्घटना भएमा ट्रमा सेन्टरमा उपचारको व्यवस्था मिलाउनुपर्ने, भाडा समायोजन गर्नुपर्ने, २० वर्ष पुराना गाडीलाई प्राविधिक जाँचको आधारमा थप १० वर्ष चलाउन दिनुपर्ने माग राखेका छन्



प्रतिक्रिया दिनुहोस !