२९ बैशाख २०८१, शनिबार

कारोबारको अन्तिम दिन भारतीय शेयर बजार हालसम्मकै उच्च



काठमाडौं । यस वर्ष अर्थात् २०२० को कारोबारको अन्तिम दिन भारतीय शेयर बजारका सूचक सेन्सेक्स र निफ्टीले हालसम्मकै उच्च स्तरमा पुगेको छ ।

आज (बिहीबार) निफ्टीले पहिलो पटक १४ हजारको बिन्दु पार गरेको छ। यसअघि नोभेम्बर २४ मा उक्त इन्डेक्सले १३ हजार ५५ को बिन्दु पार गरेको थियो।

यसैगरी सेन्सेक्स पनि १०१.२४ अंकको बढोत्तरीका साथ ४७ हजार ८४७.४६ बिन्दुमा पुगेको छ । इन्ट्रा डे कारोबारका क्रममा उक्त इन्डेक्सले ४७ हजार ८६५.५६ को उच्चतम बिन्दुमा पुगेको थियो। यो इन्डेक्सको अलटाइम हाई लेभल हो।

बजारमा उच्च बढोत्तरीसँगै बीएसईमा सूचीकृत कम्पनीहरुको बजार पूँजीकरण १८८.३३ लाख करोड रुपए पार भएको छ।



प्रतिक्रिया दिनुहोस !